पर्सा । पर्सा जिल्लाको बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएका सशस्त्र प्रहरी जवानले भारतबाट अबैध तरिकाले भित्रयाएको दुइवटा खसी पक्राउ गरे पछि गाउलेहरुले तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिएका छन ।
भारतीय युवक जर्फुद्दीन अन्सारीले पर्सा जिल्लाको बोर्डर आउट पोस्ट ओरिया खोला हुँदै दुइवटा खसी आफन्तकहाँ ल्याउने क्रममा सो ठाउँमा खटेका सशस्त्र प्रहरीले कुटपिट गरी घाइते बनाएको आक्रोशमा स्थानीयले सशस्त्र प्रहरी भिखमपुर बेस क्याम्पमा कार्यरत तीनजना सशस्त्र प्रहरीलाई गाउलेहरुले नियन्त्रणमा लिएको हो ।
धोबिनी गाउँपालिकाको जानकीटोलावासीले तीनजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा राखे पछि थप सशस्त्र र नेपाल प्रहरीले उनीहरूलाई मुक्त गराएका छन ।
भारतीय युवक जर्फुद्दीन अन्सारीले पर्सा जिल्लाको बोर्डर आउट पोस्ट ओरिया खोला हुँदै दुइवटा खसी आफन्तकहाँ ल्याउने क्रममा सो ठाउँमा खटेका सशस्त्र प्रहरीले कुटपिट गरी घाइते बनाएको आक्रोशमा गाउलेहरुले सशस्त्र प्रहरीलाई नयन्त्रणमा लिएका थिए ।
बुधबार भारतीय युवक अन्सारीले खसी ल्याउने क्रममा उनलाई निर्घात कुटपिट गरिएको थियो । स्थानीय भिखमपुर स्वास्थ्य चौकीमा निजको उपचार सम्भव नभएपछि थप उपचारको लागि वीरगञ्ज ल्याइएको छ ।
तीनजना सशस्त्र प्रहरी घाइते युवकलाई उपचार गराउन पुगेका बखत आक्रोशित गाउलेहरुले औषधिपसलमा उनीहरूलाई नियन्त्रणमा लिएर राखेका थिए ।
पछि सशस्त्र र नेपाल प्रहरीको थप टोली जानकीटोला पुगेर तीनजना सशस्त्र प्रहरीलाई गाउलेहरुको नियन्त्रणबाट छुटाएका थिए । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले निषेधाज्ञा रहेकोले वीरगञ्ज–रक्सौल नाकाबाहेक अन्य नाका बन्द भएको अवस्थामा भारतबाट खसी ल्याउने क्रममा सशस्त्र प्रहरीले रोक्दा युवकले विवाद गर्दा सो घटना भएको बताए ।