सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा सोही ठाउ बस्ने सदाम अंसारीका छोरा बर्ष ८ का रेआज अंसारी र बर्ष ६ को नेआज अंसारीको मृत्यु भएको छ ।
बाख्रा चराउन गएको बेलामा जमेको पानीमा नुहाउने क्रममा ती बालकहरु डबेर गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल मलंगवा ल्याईएकोमा, उपचारको क्रममा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकृत मदन कुँवरले जानकारी दिए ।