• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : दलित तथा विपन्नको निःशुल्क स्वास्थ्य बिमा

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०७८, शुक्रबार १७:२८
  • २५८१

    बीरगन्ज। प्रदेश २ सरकारले आगामी आर्थिक वर्षभित्र दलित, सीमान्तकृत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने जानकारी दिएको हो । बिहीबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख राजेश झाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । केही पुराना कुरालाई यथावत राख्दै नीति तथा कार्यक्रम बनाइएको छ ।
    नीति तथा कार्यक्रममा उच्च शिक्षा अध्ययनरत आदिवासी जनजाति, दलित, मुस्लिम, छात्रा तथा मधेश आन्दोलनका शहीद परिवार, घाइते परिवारका लागि छात्रवृत्तिको व्यवस्था गरिने भनिएको छ ।रोजगारविहीन दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिंदै कोरोनाबाट रोजगारी गुमाएका श्रमिक वर्ग, विपन्न तथा शहीद परिवारका आश्रितका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।

    बाराको पथलैया र सप्तरीको रुपनीमा ट्रमा अस्पताल सञ्चालन गरिने प्रदेश सरकारको नीति छ । स्मार्ट सवारी चालक पहिचान पत्र प्रदेशबाट नै वितरण गर्ने कार्यलाई प्रारम्भ गरी प्रभावकारी रुपमा सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।रगञ्ज, जनकपुरधाम र राजविराजमा सीप विकास केन्द्र खोल्ने कामलाई अगाडि बढाइने प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ ।
    प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक जलाशय/पोखरी निर्माण, मर्मत सम्भार तथा व्यवस्थापन गरिने तथा ‘संरक्षण हाम्रो मन, प्रदेशको वन प्रदेशकै धन’ भन्ने मार्गदर्शनलाई साकार पार्न वन क्षेत्रको प्रदेशस्तरीय गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति सरकारले लिएको छ ।

    ‘जहाँ बाटो त्यहाँ रुख, त्यसले ल्याउँछ परम् सुख’ भन्ने नारालाई चरितार्थ गराउन स्थानीय तह समेतको सहकार्यमा सडक किनारमा बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइनेछ ।मुख्यमन्त्री हरित प्रदेश अभियान कार्यक्रमअन्तर्गत वार्षिक एक करोड बिरुवा रोप्ने अभियानलाई व्यापीकरण गरिनेछ । वर, पीपल, समी, निमलगायतका धार्मिक, सांस्कृतिक एवं पर्यावरणीय महत्वका वनस्पतिहरु रोपिने प्रदेश सरकारले जनाएको छ ।

    जनकपुरधाममा मधेश सम्मेलन केन्द्र निर्माण गर्ने, वीरगञ्ज र जनकपुरधामको विकासका लागि दुवै ठाउँमा विकास प्राधिकरण गठन गर्ने प्रदेश सरकारले उल्लेख गरेको छ ।चालु आवमा खरीद गरिएको प्रदेश परिवहन बसलाई आगामी आर्थिक वर्षदेखि सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    गत वर्षको नीति तथा कार्यक्रममा समावेश विषय यस वर्ष पनि
    पर्सादेखि सप्तरीसम्मका पूर्व–पश्चिम राजमार्ग सडकलाई मधेशी शहीद सडक घोषणा गर्ने प्रदेश सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रममा बताउँदै आएको छ । यस वर्षको नीति तथा कार्यक्रममा पनि यो कुरा समेटिएको छ ।पर्सादेखि सप्तरीसम्मको २५० किलोमिटर खण्डलाई मधेशी शहीद राजमार्ग घोषणा गर्ने सरकारले यस पटक पनि जनाएको छ । उक्त कार्यको अध्ययन कार्य प्रारम्भ भइसकेको र यसलाई थप प्रभावकारी बनाइ कार्यान्वयन गरिने प्रदेश सरकारले जनाएको छ ।

    कोरोनाले रोजगारी गुमाएका युवालाई मुख्यमन्त्री स्वरोजगार तथा उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।यस्तै संघीयता आन्दोलनका अगुवा स्व. गजेन्द्रनारायण सिंह र गणतन्त्रवादी नेता स्व. रामराजाप्रसाद सिंहको शालिक निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा राखिएको छ  । प्रत्येक वर्षको नीति तथा कार्यक्रममा यो कुरा समेटिए पनि हालसम्म यो काम हुन सकेको छैन । शहीद दुर्गानन्द झाको शालिक जनकपुरधाममा निर्माण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑