वीरगन्ज ।मुकेश खेतान। वीरगन्जमा कोभिड संक्रमणले तीव्रता लिन का साथै ग्रीन सिटीले वैशाख १० गते देखि मारवाडी सेवा ट्रष्टको सौजन्यले निशुल्क अक्सिजन सेवाको शुरुवात गर्नु भएको थिए।
साथ साथै ‘अस्पताल र चिकित्सक विरामीको घर दैलोमा ” अभियान पनि रूंगटा वेलफेयर सोसाइटीको सौजन्यले शुरू गर्नु भएको थिए।निशुल्क अक्सिजन सेवा बाट ३१० जना विरामी र निशुल्क चिकित्सक सेवा बाट ८० जना विरामी लाभान्वित हुनु भएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतानले दिनु भयो।
अब वीरगञ्जको स्थिति सामान्य बन्दै गएकोमा उहाँले सन्तोष प्रकट गर्नु भयो र “अब सबै सर्व सुलभ रूपमा उपलब्ध हुनु थालिए पछि हामीले यी दुवै सेवा ज्येष्ठ २६ गते देखि बन्द गरेका छौं”, भने जानकारी अध्यक्ष खेतानले गराउनु भयो।
उक्त सेवाहरुमा सह कार्य गर्नु हुने मारवाडी सेवा ट्रष्ट, रूंगटा वेलफेयर सोसाइटी र चिकित्सक, कम्पाउन्डर, ग्रीन सिटीका पदाधिकारी, कार्यकर्ता र प्रहरीका साथी हरु र सञ्चार कर्मी हरु प्रति पनि अध्यक्ष खेतानले धन्यवादका साथ आभार व्यक्त गर्नु भयो