• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्वाटर छोड्दा मोटरसाइकल चढेपछि चर्चा, मन्त्री हुँदा महँगो गाडीको सवारी,कमिसनको आरोप

  • वीरगंज संजाल
  • २४ जेष्ठ २०७८, सोमबार १८:४०
  • ३३४१

    वीरगन्ज । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट पदमुक्त भएका जितेन्द्र सोनल आज बिहान समाजिक सञ्जालमा चर्चाको पात्र बन्न पुगे ।

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार राति मन्त्री परिषद् पुर्नगठन गरे । पुर्नगठन गर्दा जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरे ।

    त्यही बर्खास्तीमा परे जितेन्द्र सोनल । प्रदेशकै प्रभावशाली नेतासमेत रहेका सोनल बर्खास्तीमा परेपछि बिहान मन्त्री क्वाटर छाड्ने क्रममा एउटा सुटकेश, एउटा ब्याग बोकेर एक सय सीसीको मोटरसाइकलमा सवार भएर बाहिरिएका थिए ।

    मन्त्री क्वाटर छाड्नै लाग्दा कर्मचारीहरुसँग भेटघाट गरेका थिए । त्यहीबेला खिचिएको सुटकेश, ब्याग बोकेर मोटरसाईलकमा चढेको फोटो समाजिक संजालमा भाईरल बन्न पुग्यो ।

    कतिपयले नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी), संघीय सरकारको परराष्ट्र मन्त्रीबाट विदा हुँदा प्रदीप ज्ञवाली जस्तै शालीनता देखाएको समाजिक सञ्जालमा पोष्ट गरेका थिए । कतिपयले उनको कमिसनको प्रश्न उठाएर आलोचना पनि गरेका थिए ।

    बर्खास्तीपछि एकाबिहानै चर्चामा आएका पूर्व मन्त्री सोनल आफू र आफन्तलाई चढाउन सवारी साधन दुरुपयोग गरेको घटना पटक–पटक सार्वजनिक भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयको गाडीको विवरण राख्ने इकाइमा महँगा गाडीहरु उनी प्रयोग गर्ने उल्लेख छ ।

    प्र २–०२–००१ झ ००७४ नम्बरको ८० लाख वढीको लागतको हेक्सा जिप १, ज १४३५ नम्बरको ७० लाख वढीको स्टर्म सफारी १ प्रयोग गरेका थिए । त्यससँगै मुख्यमन्त्री कार्यालयमा हस्तान्तरण गरेको को १ झ ४९६ नम्बरको महेन्द्रा जिप, ज १ ब ७९५, ज १ ब ८०१ र ज ११ प ३३४८ नम्बरको मोटरसाईकल खरिद गरी प्रयोग गरेका थिए ।

    स्टर्म सफारी उनी आफैं चढ्ने गरेका थिए भने महिन्द्रा जिप काठमाडौं र बाराको परवानीपुर गाउँपालिका ३ लिपनिमालमा रहेको घरमा नीजि प्रयोगमा थियो । घरमा रहेको गाडी उनकी पत्नी र पार्टीका कार्यकता चढ्ने गरेका थिए । यता मोटरसाइकलहरु उनको सचिवालयमा रहेका स्वकीय सचिवले प्रयोग गर्दै आएका थिए ।

    कमिसनको आरोप

    ३ फागुन २०७४ मा भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा जिम्मेवारी पाएपछि सोनल विवादमा फस्दै आएका थिए ।भौतिक पूर्वाधार मन्त्रालयले प्रदेश २ को आठवटै जिल्लामा सडक, खानेपानी, भवन, तटबन्ध निर्माण लगायतका संरचना निर्माणमा बजेट दिँदा कमिसनमा १० देखि २० प्रतिशत माग गरेको आरोप समेत लागेका थिए ।

    दुई वर्षअघि जनकपुरधाममा ‘आयोजित बहुआयामिक विकासका लागि जनचेतना अभिवृद्धि’ कार्यक्रममा उनी र ठेकेदारबीच आरोप प्रत्यारोप चलेको थियो । त्यस कार्यक्रममा ठेकेदारहरुले कमिसन नलिई योजना पास नहुने गरेको र त्यसमा संलग्नता रहेको दावी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑