वीरगञ्ज । वीरगञ्जका विभिन्न अस्पतालमा ३ दिनको अवधिमा १७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । आइतबार बिहानदेखि मंगलबार दिउँसोसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत पर्साका १४ र बाराका ३ जना गरी १७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सञ्चार संयोजक विनय कुमार श्रीवास्तव अनुसार नारायणी अस्पतालमा १०, नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्थायी अस्पतालमा ५, तराई हस्पिटलमा १ र वीरगञ्ज हेल्थ केयर अस्पतालमा १ जना गरी ८ महिलासहित १७ जनाले सङ्क्रमणबाट ज्यान गुमाएका हुन् ।श्रीवास्तवले आइतबार ४, सोमबार सबैभन्दा धेरै ८ र मंगलबार दिउँसोसम्म ५ जनाले ज्यान गुमाएको जानकारी दिए ।
उनले आइतबार नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की ७२ वर्षीय महिला र बिन्दबासिनी गाउँपालिका वडा नम्बर ४ की ५० वर्षीय महिला । त्यस्तै तराई अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का ६० वर्षीय पुरुष र बाबा होटल कोभिड अस्थायी अस्पतालमा उपचाररत पाकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ की ३८ वर्षीय महिलाले ज्यान गुमाएको बताए ।
यो पनि पढनुहोला -नारायणी असपतालको अवस्था ।
त्यसैगरी सोमबार नारायणीमा उपचाररत पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका वडा नम्बर ७ का ६० वर्षीय पुरुष, बाराकै बेहरी वडा नम्बर १४ का ७० वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० की ६९ वर्षीय महिला र वडा नम्बर ४ की ४० वर्षीय महिलाको मृत्यु भएको छ । त्यसतै सोमबारनै वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १० की ६० वर्षीय महिला र बाबा होटल कोभिड अस्थायी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका ६५ वर्षीय र छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको श्रीवास्तवले जानकरी दिए ।
यता, मंगलबार (आज) दिउँसोसम्म ५ जनाले सङ्क्रमणबाट ज्यान गुमाई सकेको श्रीवास्तवले बताएका छन् । उनले नारायणी अस्पतालमा उपचाररत बाराको बुनियाद वडा नम्बर १ की ५५ वर्षीय महिला, पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय पुरुष र बाबा होटल कोभिड अस्पतालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की ५७ वर्षीय महिला र वडा नम्बर ६ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।