बीरगन्ज । बीरगन्ज महानगरपालिकाले शुक्रबाट वडा वडामा स्वाब संकलन गर्ने भएको छ । दोस्रो लहरको कोरोना महामारीको नियन्त्रण तथा रोकथामलाई अझ प्रभावकारी बनाउन समुदाय स्तरमा परीक्षण गर्न लागिएको हो ।
महानगर अन्तर्गतको स्वास्थ्य महाशाखाको टोलिले घुम्ती टोलिद्धारा प्रत्येक वडामा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने जनाइएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोनाका लक्षण देखिएकाहरुलाई स्वाब परीक्षण गराउन नगर प्रमुख विजय कुमार सरावगीले आग्रह गरेका छन् ।
सामाजिक सञ्जालको फेसबुकको आधिकारीक पेजमा एक पोष्ट लेख्दै नगर प्रमुख सरावगीले निःशुल्क रुपमा हुने स्वाब परीक्षणका लागि स्वाब संकलन गराइ कोभिड १९ को चेन ब्रेक गर्न अनुरोध गरेका हुन् । शुक्रबार बिहान ७ बजेदेखि १० सम्म आदर्शनगरस्थित वारुणयन्त्रको कार्यालयबाट सुरु हुने स्वाब परीक्षण कार्य सुरु हुँदैछ ।नारायणी अस्पतालमा स्वाब संकलनका लागि बिरामीहरुको चाप बढेपछि वडास्तरमा स्वाब संकलन गर्न लागि बीरगन्ज महानगरपालिकाले जनाएको छ ।