बीरगन्ज । बीरगन्जको घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा निर्माण भएको अस्थायी कोभिड अस्पताल र आईसोलेसन सेन्टर शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । कुल २०० बेड क्षमता भएको अस्थायी कोभिड अस्पताल र आईसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा रहेको र शुक्रबारबाट सञ्चालनमा आउने जनाइएको छ ।
कोभिड अस्थायी अस्पतालमा डाक्टर सहित प्यारामेडिकल स्टाफ समेत राखेर कोभिड संक्रमितहरुको उपचार गरिनेछ । कोभिड अस्थायी अस्पतालमा अक्सिजन सहितको वेडको व्यवस्था गरिनेछ ।
अव होम आइसोलेशनमा रहेका विरामीहरुको लागि स्वास्थ्यकर्मीको निगरानीमा औषधी र अक्सिजन दिनुपर्ने भएकोले होम आइसोलेशनमा रहेका विरामीहरुलाई अस्थायी कोभिड अस्पतालमा उपचारार्थ भर्ना गरिने नगर प्रमुख विजय कुमार सरावगीले वताए ।होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका विरामीहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको प्रमुख सरावगीको भनाई छ ।