बीरगन्ज | बीरगन्जमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पर्साका छन् भने बाँकी दुई जना रौतहटका हुन् ।पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो भने रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष र फत्तेपुरकी ६० वर्षीया महिलाको मृत्यु भएको हो ।
बिहीबार बिहान भर्ना भएका ४५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । बिहानै गरिएको एन्टिजेन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा पहिल्यैदेखि हाई ब्लड प्रेसर र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिजको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।
बुधबार भर्ना भएकी ६० वर्षीया महिलाको बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । बुधबार भर्ना भएकी उनमा कुनै दीर्घरोग थिएन ।त्यसको आधा घण्टा नबित्दै बिहान साढे ११ बजेतिर पर्सा जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख १५ गते भर्ना भएका उनमा मिर्गौला, उच्च रक्तचाप, मधुमेह र हृदयरोगको समस्या थियो ।