बीरगन्ज | बीरगन्ज पछिल्लो परिक्षणबाट १५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।पर्साका जिल्ला विभिन्न स्थानबाट संकलन गरिएको १९२ जनाको स्वाब परिक्षण गर्दा १५१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
थपिने संक्रमितहरुमा पर्सा जिल्लाका १ सय ९ जना, बाराका ३० जना, सर्लाहीका ७ जना र रौतहटका ५ जना रहेका छन् । त्यस्तै, १५१ जनामध्ये ५६ जना महिला रहेका छन् भने संक्रमितहरु वर्षदेखि ८८ वर्ष उमेर समुहका रहेका छन् ।
थपिएका संक्रमितहरुको सिटि भ्यालु १४ देखि ३४.९ ससम्म रहेको छ ।