बर्दिबास | महोत्तरीका महिला तथा बालिकाहरुले भ्रष्टाचारीलाई फाँसी दिन सरकारसँग माग गर्दै सडकमा प्रदर्शन गरेका छन्। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महोत्तरीको बर्दिबासमा प्रदर्शन गर्दै उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनु पर्ने समेत माग गरेका छन्।
अखिल नेपाल महिला संघ जिल्ला कार्यसमिति महोत्तरीले आयोजन गरेको र्यालीमा जिल्लाभरीका महिलाहरुको सहभागिता थियो। नेकपा (प्रचण्ड–नेपाल )का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको उपस्थितमा र्यालीको कार्यक्रम आयोजना गरिएको हो।
बर्दिबास चोक परिक्रमा गर्दै र्याली कोण सभामा परिणत भएको थियो।