वीरगञ्ज । भक्तपुरको कौशलटारमा १७ वर्षीया किशोरीलाई चारदिनसम्म बन्दक बनाएर जबर्जस्ती करणी भएको छ। करणीमा संलग्न भएको आरोपमा प्रहरीले २७ वर्षीय युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन्।
उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबर्जस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
गिरीका अनुसार चौधरीले ‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर पटकपटक जबर्जस्ती करणी गरेका हुन्। चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ।
किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबर्जस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। चौधरीलाई मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।