वीरगञ्ज। वीरगञ्जमा पनि १ सय ११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विविध प्रतियोगिता सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका, दिब्य युवा क्लब, युवालय, नेपाल ग्रामिण पुर्न निर्माण संस्था (आरआरएन) लगायतका विभिन्न संघ संस्थासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ती कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विजय कुमार सरावगीले महिलाहरुलाई आर्थीक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसको लागी वीरगञ्ज महानगरपालिकाले सिलाईकटाई, ब्युटिशियन, मन्टेश्वरी स्कुललगायतका शिपमुलक तालिमहरुको आयोजना गरीरहेको हुँदा यसले महिलाहरुलाई आत्मनिर्भर बन्न र आयआर्जनमा सघाउ पुग्ने मेयर सरावगीको विश्वास छ ।
आर्थीक रुपमा सबल भएपछि महिलाहरुमाथि हुने हिँसा स्वतः कम हुँदै जाने उनको कथन छ । मेयर सरावगीले अधिकार प्राप्तीका लागी आफै जागरुप हुनुपर्ने बताउँदै उत्पादनमुलक क्षेत्रमा समय व्यतित गर्न अपिल गरे ।
कार्यक्रमलाई नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायतले सम्बोधन गरेका थिए ।
वीरगञ्ज महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न स्पुन रेस प्रतियोगितामा अनिल सहनी प्रथम, हुकुम सिँह द्वितिय र अमृता सहनी तृतिय भएका छन् ।
त्यसैगरी म्युजिकल चेयर प्रतियोगितामा शशिलता गिरी प्रथम, निकिता भट्टराई द्वितिय र कोपिला कुवँरले तृतिय स्थान हासिल गरेका छन् भने कपाल बाट्ने प्रतिोगितामा अर्विन्द सिँह प्रथम, मुकेश गुप्ता द्वितिय र शम्भु साह तृतिय भएका छन् ।
‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताका विजयीहरुलाई प्रमाणपत्रसहित पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिति सदस्य जया साहले गरेका थिए ।