सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छ्न् ।सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर ८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
मन्त्री सवार गाडी घाइतेलाई छाडेर फरार भएको प्रहरीले जनाएको छ । घाइतेको कम्मर चोट लागेको र खुट्टा भाचिएको प्रहरीले जनाएको छ । स्थानीय स्वाभिमान अस्पतालमा उनको उपचार भइरहेको छ ।
सुरुमा गाडीको पहिचान खुलेको थिएन । अनुसन्धानको क्रममा सो गाडी मन्त्री साहको भएको खुलेको थियो ।