वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा अवस्थित सीता गुफामा विवाह पञ्चमीको अवसरमा रामसीता विवाह उत्सव गर्ने तयारी थालिएको छ ।रामजन्मभूमि क्षेत्र विकास समिती तथा सीतागुफा पूजा समितिको आयोजनामा पौष ४ गते शनिबार विवाह महोत्सव मनाइने पुजा समितिले जनाएको छ । सीता गुफा परिसरमा रुद्री पूजा, हवन सहित भब्य रुपमा विवाह उत्सव मनाइने बताइएको छ ।
उक्त अभिव्यक्ति दिएसँगै ठोरीमा पर्यटकको आगमनमा पनि वृद्धि आएको त्याहाँका स्थानीय बताउँछन् । उक्त अभिव्यक्तिलाई प्रमाणित गर्न विभिन्न प्रमाणिक तर्कहरु पनि प्रस्तुत हुँदै आएका छन् ।