काठमाडौं | पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ सय ७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ।
आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित छन्। आज देशभर १४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म ८७६ जना संक्रमितको मृत्यु भइसकेको छ।