वीरगंज | वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाको बाइपास रोडमा ना ३ ख ९४२८ नम्बरको टिप्परको ठक्करबाट स्थानिय ३२ बर्षिय युवक गौरीशकर मिश्राको ज्यान गएको हो । बसपार्कबाट भन्सार तर्फ गइरहेको टिप्परले बाइपास नगवा चौकमा पैदल हिडिरहेका मिश्रालाइ ठक्कर दिएपछि उनको घट्नास्थलमै मृत्यु भएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका मिश्रालाइ तत्काल उद्दार गरी नारायणी अस्पतालमा उपचारको पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।तिब्रगतिमा रहेका टिप्परले अनियन्त्रित भइ युवकलाइ ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् । युवकलाइ ठक्कर दिए लगतै नगवा गाउबाट बाइपास रोडमा निस्की रहेको अनटेस्ट ट्याक्टरलाई समेत ठक्कर दिइ क्षति पुर्याएको छ ।
घटना स्थलमा पुगेका इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक श्याम किशोर यादवले ठक्कर दिने टिप्पर चालक पुरेन्द्र महतो धानुक र टिप्परलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएका छन् । प्रहरी घटना स्थलको मुचुल्ला उठाइ मृतक युवकको शव पोस्ट मार्टमको नारायणी अस्पतालकै शव गृहमा राखिएको छ ।