यो वर्षको अस्करमा सहभागीता हुनको लागि केही नियमहरु पनि परिवर्तन भएका छन्। परिवर्तित नियममा महामारीको कारण प्रदर्शन गर्ने मिति तोकेर पनि प्रदर्शन हुन नसकेको चलचित्रले पनि सहभागिता जनाउने पाउने प्रावधान आएको छ। यो भन्दा अघिल्ला वर्षहरुमा कुनै पनि चलचित्र हलमा प्रदर्शन भएर कम्तीमा एक साता चलेको हुनुपर्ने थियो। यो वर्ष भने कोरोनाले प्रदर्शनमा प्रभाव पारेको चलचित्रले पनि सहभागिता पाउनेछन्। यसका लागि चलचित्रले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र प्रदर्शन रोकिएको पत्र नेपाल अस्कर कमिटीलाई बुझाउन पर्ने छ। यस्तै हलमा प्रदर्शन रोकिएर स्ट्रिमिङ साइटमा राखिएको छ भने त्यस्ता चलचित्रले सहभागिता जनाउन पाउनेछन्।
प्रतियोगिता हरेक वर्षको फ्रेब्रुअरी महिनामा हुने गरेको थियो, यो वर्ष कोरोना महामारीका कारण दुई महिना पछाडि पुगेको छ। नयाँ मिति अनुसार अप्रिल २५ देखि लसएन्जल्सको डल्बी थिएटरमा कार्यक्रम सम्पन्न हुने छ।
नेपालमा बिमल पौडेलको अध्यक्षतामा ८ सदस्यीय इन्टरनेशनल फिचर फिल्म कार्यकारी रहेको छ। समितिमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जिवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य छन्।