• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना त्रासमा उच्चपदस्थहरु : कोही संक्रमित, कोही ‘सेल्फ आइसोलेसन’मा

  • वीरगंज संजाल
  • २८ श्रावण २०७७, बुधबार २२:१८
  • ५२४९

    वीरगंज  | विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तिहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि कोही ‘सेल्फ क्वारेन्टिन’मा त कोही ‘सेल्फ आइसोलेसन’मा बसिरहेका छन्।अहिलेसम्म एक मन्त्री, ५ जना सांसद, एक संवैधानिक आयोगका प्रमुख, प्रदेशका मुख्य न्यायाधिवक्ता र संघीय संसद सचिवालयका सहसचिवलाई समेत संक्रमण पुष्टि भइसेकेको छ।

    मन्त्री र सांसदलाई संक्रमण

    प्रदेश-१ मा सांसद कुसुम श्रेष्ठलाई आज मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराइन्। श्रेष्ठसँगै आजसम्म ५ जना सांसदमा कोरोना संक्रमण देखिएको छ।यस्तै प्रदेश-५ की सांसद कृष्णा केसी (नमुना) लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद केसीले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएकी थिइन्। संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत सांसद केसीले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै आफू निको भएपछि संक्रमितको उपचारका लागि ‘प्लाज्मा’ दिने घोषणा समेत गरेकी छन्।कोरोनाबाट सबैभन्दा बढी प्रभावित अहिले प्रदेश-२ छ।

    प्रदेश-२ मा एक मन्त्री र एक सांसदमा संक्रमण पुष्टि भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव र प्रदेशसभामा महोत्तरीबाट सांसद बनेकी डा. रीना कुमारी यादवलाई एक हप्ताअघि संक्रमण पुष्टि भएको हो।आफू कतै पनि नहिँडेको तर काठमाडौंमा परिवारसँगै बस्न जानलाई ढुक्क हुनका लागि मात्र परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको जानकारी यादवले दिइन्। महोत्तरीस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेकी उनले टेलिफोनमा भनिन्, “मलाई कुनै लक्षण देखिएर वा शंकास्पद व्यक्तिसँग भेटेर जाँच गराएको होइन। काठमाडौंमा परिवारसँग जानुअघि आफू ढुक्क हुनका लागि जाँच गराउँदा पोजिटिभ रिपोर्ट आयो, कुनै लक्षण देखिएको छैन।”३० असारमा कोरोना पोजिटिभ देखिएका कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही र १६ साउनमा संक्रमण देखिएका प्रतिनिधिसभाका सांसद प्रदिप यादव संक्रमणमुक्त भइसकेका छन्।

    आयुक्त, सहसचिव र मुख्य न्यायाधिवक्ता पनि संक्रमित

    मंगलबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डेलाई पनि एक हप्ताअघि संक्रमण देखिएको थियो। संसदीय समितिको कामले सांसद प्रदिप यादव र सहसचिव पाण्डे एउटै टोलीमा तराइका विभिन्न जिल्लाको भ्रमणमा गएका थिए।

    प्रदेश-१ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई ९ दिनअघि संक्रमण पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसिरहेका छन्।वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी पनि कोरोना संक्रमण भएर काठमाडौंकै एक अस्पतालमा छन्। सरावगीले अब तीन दिनपछि आफ्नो फेरि परीक्षण हुने चिकित्सकहरूले बताएको जानकारी दिए।

    नेताहरु होम क्वारेन्टिनमा

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल कोरोना संक्रमणको जोखिमका कारण घरमै क्वारेन्टिनमा बसेको उनको सचिवालयले जनाएको छ।आफ्नो सचिवालयका सदस्यहरूको गाडी चलाउने चालकमा संक्रमण पुष्टि भएपछि उनी, उनका परिवार र सचिवालयका सदस्यहरू घरमै क्वारेन्टिनमा बसेका हुन्।

    यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेतका बुबाको निधनपछि परिवारलाई भेट्न सिन्धुपाल्चोकको बाह्रबीसे पुगेर फर्किएपछि नेकपाका नेताहरू अमृत कुमार बोहोरा र शेरबहादुर तामाङ पनि घरमै क्वारेन्टिनमा बसिरहेका छन्।मिर्गौला रोगी बस्नेतका बुबाको निधन भएको ६ दिनपछि कोरोना रिपोर्ट पोजिटिभ भएको जानकारी हिजो मात्रै अस्पतालले दिएको थियो। त्यसपछि आफूहरू घरमै क्वारेन्टिनमा बसेको जानकारी उनीहरूले  दिए।

    सर्वोच्च अदालतका दुई न्यायाधीश ‘सेल्फ आइसोलेसन’मा

    सर्वोच्च अदालतका दुई जना न्यायाधीशहरू ‘सेल्फ आइसोलेसन’मा बसेका छन्। कोभिड-१९ संक्रमणको आशंकामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल ‘सेल्फ आइसोलेसन’मा बसेका हुन्।२२ साउनसम्म न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीलाई आज कोभिड-१९ पुष्टि भएपछि उनी आइसोलसनमा बसेका हुन्।२६ साउनमा स्वाबको नमूना दिएकोमा ती सुरक्षाकर्मीलाई संक्रमण भएको रिपोर्ट आज आएको थियो। त्यसैको आधारमा आफू पनि संक्रमित हुनसक्ने आशंकाले आइसोलेसनमा बसेको न्यायाधीश खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

    आफूमा संक्रमणको लक्षण नदेखिएको र अहिलेसम्म असहजता महशुस नगरेको भए पनि सतर्कता र सावधानी अपनाउन भन्दै आफू घरमै सामाजिक दूरी कायम गरी बसेको उनले जनाएका छन्।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग सम्पर्क र परामर्श गरिराखेको जानकारी दिँदै उनले नयाँ जानकारी आएमा सार्वजनिक गर्ने बताएका छन् ।त्यस्तै अर्का न्यायाधीश फुयालले पनि आफू न्यायाधीश खतिवडासँग एउटै इजलासमा बसेका कारण आवश्यक सतर्कता अपनाउँदै अहिले आइसोलेसनमा बसेको जानकारी फेसबुकमार्फत् नै गराएका छन्। हिमालखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑