• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निकुञ्जमा सैनिकको पिटाइपछि मृत्यु : काठमाडौंमै शव छाडेर फर्कियो परिवार

  • वीरगंज संजाल
  • १३ श्रावण २०७७, मंगलवार १०:११
  • ३७९३

    चितवन | चितवन राष्ट्रिय निकुञ्जमा खटिएका सेनाको कुटाइपछि निधन भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङको सोमबार पोस्टमार्टम भएको छ । तर उनका परिवारले शव बुझेका छैनन् |सोमबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि प्रतिवेदन नआएको भन्दै आफन्तहरू शव नबुझी चितवन फर्किएका हुन् ।निकुञ्जको सीमाभित्र पर्ने ज्युँडी खोलामा घोंगी टिप्दै गरेका बेला साउन १ मा राजकुमारसहित मिलनटोलका ७ जनालाई सेनाले पक्राउ गरी कुटपिट गरेको थियो । त्यसको एक सातापछि गत बुधबार राजकुमारको मृत्यु भएको थियो ।

    राजकुमारका बुबा विष्णुलालले सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै शुक्रबार प्रहरीमा उजुरी दिए पनि पोस्टमार्टम गर्नेबारे टुंगो लागेको थिएन । शुक्रबारयता लगातारजसो जिल्ला प्रशासन कार्यालयमा प्रहरी, निकुञ्ज र पीडित परिवार तथा चेपाङ संघ, नगरपालिका, मध्यवर्तीका प्रतिनिधिबीच छलफल र वार्ता भएको थियो । दोषीलाई कानुनी कारबाहीका साथै पीडित परिवारलाई राहतका विषयमा भएको वार्तामा सहमति नजुट्दा पोस्टमार्टम रोकिएको थियो ।

    शनिबार राति तत्कालका लागि किरिया खर्चबापत एक लाख रुपैयाँ दिने र अन्य विषय व्यवस्थापन गर्दै जाने सहमति भएपछि पोस्टमार्टम गर्न परिवार तयार भएका थिए । तर लिखित नभएको भन्दै पीडित पक्षले चित्त नबुझाएपछि आइतबार पनि दिनभरजसो चितवन जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो ।

    आइतबारको छलफलमा शनिबारकै सहमतिमा चल्न पीडित परिवार तयार भएपछि पोस्टमार्टम गर्न साँझ शव काठमाडौं लगिएको थियो । ‘मृतकको पोस्टमार्टम भएको जानकारी आएको छ । रगत र भिसेरा परीक्षण पनि भयो । परीक्षण प्रतिवेदन प्राप्त भइसकेको छैन,’ चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले भने, ‘अस्पतालले आफ्नो प्रक्रियाअनुसार सबै प्रतिवेदन पठाउला ।’ परीक्षणसम्बन्धी सबै काम टुंगिएकाले शवको सद्गत गर्न मिल्ने अवस्था रहेको उनले बताए ।

    तर मृतकका बुबा विष्णुलालले परीक्षण प्रतिवेदनसँगै शव बुझ्ने बताएका छन् । ‘प्रतिवेदन आएको छैन भनियो । मृतकका बुबाले नै प्रतिवेदन र शव एकै पटक बुझ्ने भनेपछि हामी फर्केका छौं,’ विष्णुलालसँगै काठमाडौं गएका छिमेकी रूपेश अर्यालले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑