• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक किशोरी आफ्नै बाबुबाट बलात्कृत

  • वीरगंज संजाल
  • ११ श्रावण २०७७, आईतवार २०:११
  • ५५३३

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा एक किशोरी गर्भवती भएपछि उनी आफ्नै बाबुबाट बलात्कृत भएको खुल्यो । ६२ वर्षीय बाबुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।शुक्रबार कञ्चनपुरको बेरौली नगरपालिकामा ११ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय बुवा पक्राउ परे । गत साउन २ गते कैलालीको घोडाघोडी नगरपालिकामा एक पुरुषले आफ्नै २ छोरीलाई बलात्कार गरेको आरोप लाग्यो । आरोपी पुरुष अझै पक्राउ परेका छैनन् ।

    त्यसको केही दिन पहिले ३१ असारमा बैतडीमा पनि यस्तै बर्बर घटना सार्वजनिक भएको थियो । जिल्लाको पञ्चेश्वरमा ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबु पक्राउ परे । सोही दिन बैतडीमै छोराले आमालाई बलात्कार गरेको घटना सार्वजनिक भयो । बैतडीको पुर्चाैडीमा ३२ वर्षीय छोराले ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोप लागेपछि छोरालाई प्रहरीले पक्राउ गरेको छ ।त्यसको केही समयअघि पनि कैलालीमा छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका थिए । जिल्लाको चुरे गाउँपालिका-५ भासूँ बजारमा बस्दै आएका ५४ वर्षका पुरुषले १३ वर्षकी छोरीलाई रुखमा बाँधेर बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    बाबुआमा र सन्तानबीचको सम्बन्ध संसारमै सबैभन्दा पवित्र मानिन्छ । तर, यति पवित्र सम्बन्धलाई लत्याउँदै घृणित हर्कत गर्ने यौनपिपाशुहरु समाजमा बढिरहेका छन् । सुदूरपश्चिममा पछिल्लो समय सार्वजनिक भएका उल्लेखित घटनाहरुले चिन्ताजनक स्थितिको संकेत गर्छन् ।कैलालीको घोडाघोडीमा दुई किशोरीले बाबुबाट हिंसा भोगिरहेको कुरा केही आफन्तलाई पनि थाहा थियो । तर, उनीहरूले त्यसमा खासै चासो दिएनन् ।सुरुमा सामान्य दुर्व्यवहार हुँदा पीडितको पक्षमा कसैले नबोल्दा पछि अवस्था जटिल बनेको प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

    ‘ती बालिकाले पनि आफन्तहरूलाई आफ्नो पीडा पोखेका थिए । तर, कसैले चासो दिएनन्,’ उनले भने ‘पीडितको गुनासो सम्बोधन नभएपछि पिडकको मनोबल थप बढ्यो र अपराध भयो ।’प्रहरी वरिष्ठ उपरीक्षक सिंहले समाजबाट नैतिकता हराउन थालेकोसमेत टिप्पणी गरे । मानसिक समस्याका कारण पनि हाडनाता करणी बढेको उनको विश्लेषण छ । ‘कैलालीमा त शिक्षकले नै छोरी बलात्कार गरेको कुरा आयो । शिक्षकजस्तो व्यक्तिमा चेतनाको कमि त थिएन होला । मानसिक समस्या भएको हुन सक्छ,’ उनले भने ।

    महिला अधिकारकर्मी गोमा आचार्य पनि समाजमा मानसिक समस्या बढेका कारण यस्ता जघन्य अपराध मौलाएको बताउँछिन् । उनी भन्छिन्, ‘परिवारमा बाबुबाट छोरी बलात्कृत हुनु सबैभन्दा बर्बरता र बिडम्बना हो । अशिक्षा बेरोजगार र मानसिक समस्याकाका कारण यस्ता घटना बढेका हुन् ।’उनले समुदायस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताइन् । जनचेतनाको कमी र लागूपदार्थ दूव्र्यसनीका कारण पनि यस्ता घटना बढेको प्रहरीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑