• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • १९ असार २०७७, शुक्रबार १५:४१
  • ३०२१

    काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

    दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले अनलाइनखबरलाई जानकारी दिए ।मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

    संक्रमण पुष्टि भएका युवकको शव पोष्टमार्टम गर्ने क्रममा राप्ती प्रादेशिक अस्पतालको शव गृहमै रहेका कारण शवको व्यवस्थापन दाङमै गर्नका लागि समन्वय भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

    ‘संक्रमितको शव व्यवस्थापनका लागि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय भइरहेको छ,’ प्रजिअ रानाले भने, ‘नेपाली सेनाको टोलीले शवको व्यवस्थापन दाङमै गर्ने कुरा छ ।’

    संक्रमतिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको कार्य पनि अघि बढी सकेको उनले बताए । ‘उनी असार १० गते दुबईबाट आएका रहेछन् । उनीसँगै को–को आएका थिए ? उनको शवलाई पोष्टमार्टम गर्न अस्पताल ल्याउँदा क–कसले सहयोग गरेका रहेछन् भन्नेबारे खोजी भइसकेको छ,’ प्रजिअ रानाले भने, ‘उनीहरु सबैलाई क्वारेन्टिनमा ल्याएर राख्नका लागि तयारी भइरहेको छ ।’

    गोठमा किन राखियो ?

    बुधबार आत्महत्या गरेका युवक असार १० गते दुबईबाट घर फर्किएका थिए । भारत लगायत बाह्य मुलुकबाट आएका वडाबासीलाई राख्नका लागि वडाले तीन वटा विद्यालयमा क्वारेन्टिनको व्यवस्थापन गरेको थियो ।

    वडाध्यक्ष डाँगीका अनुसार तीन वटा विद्यालयको क्वारेन्टिनमा २८, ९ र ७ जना गरी कुल ४४ जना भारतबाट आएका स्थानीयहरु बस्दै आएका थिए ।

    ‘उनलाई पनि तीन वटा क्वारेन्टिन मध्ये एउटा क्वारेन्टिनमा राख्ने तयारी वडाले गरेको भएपनि भारतबाट आएकाहरुले उनलाई अर्कै स्थानको क्वारेन्टिनमा राख्न सुझाव दिएको थियो,’ वडाध्यक्ष डाँगीले भने, ‘युवकका बुबाले पनि भारतबाट आएकाहरुसँग आफ्नो छोरालाई राख्न नहुने आसय व्यक्त गरे । त्यसपछि उनको बुबासँगको छलफलपछि उनलाई घर नजिकै अंकलको गोठ खाली रहेको र त्यहीँ लगेर राख्छु भनेपछि १४ दिन पुग्ने राशन वडाले नै दिएर पठाएका थियौं ।’

    युवक आफैंले गोठमा पकाएर खाने गरेका कारण अन्य व्यक्तिहरुसँग उनको सम्पर्क नरहेको वडाध्यक्ष डाँगीले बताए । डाँगीका अनुसार पोष्टमार्टमका लागि शव अस्पताल पठाउने कार्यमा १२ जनाले सहयोग गरेको र उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑