• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपालमा रहेका १३ इन्डोनेसियन जता जाँदा पनि लखेटिए

  • वीरगंज संजाल
  • २१ चैत्र २०७६, शुक्रबार १०:४७
  • ६४९५

    ललितपुर | धार्मिक कार्यक्रममा भाग लिन नेपाल आएका १३ जना इन्डोनेसियनलाई कतै बस्न नदिइएपछि समस्यामा परेका छन्। प्रहरीका अनुसार उनीहरु मध्ये सात जना जनवरी २१ तारिखमा साउदी अरेबिया हुँदै काठमाडौं आएका देखिन्छन्। ६ जनाको समूह फेब्रुअरी ११ मा बैंकक हुँदै नेपाल आएका हुन्। अघिल्लो समूह फेब्रुअरी ८ मा सप्तरीको कन्चनरुप गएको देखिएको छ। पछिल्लो समूह पनि त्यहाँ पुगेर फेब्रुअरी १५ देखि १७ सम्म धार्मिक कार्यक्रम ‘इस्तीमा’ मा भाग लिएको देखिएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रमुख टेक प्रसाद राइले बताए।

    उनीहरुलाई बुधबार सप्तरीबाट पास दिएर काठमाडौं पठाइएको थियो । माछा पोखरीस्थित मस्जिदमा बस्ने योजना भएपनि स्थानीयले बिरोध गरेपछि उनीहरुलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलस्थित मस्जिद पुर्‍याएको थियो। बुधबार राति बालाजु प्रहरीले ती इन्डोनेसियनलाई  इमाडोलस्थित जामे मस्जिदको शाखामा  पुर्‍याएको थियो। स्थानीयले विरोध गरी त्यहाँ पनि बस्न दिएनन् ।

    त्यसपछि उनीहरुलाई बिहीबार महानगरीय प्रहरी बृत्त सातदोबाटोका प्रमुख मित्रबन्धु शर्माको टोलीले गोदावरी पुर्‍याइएको थियो तर स्थानीयको दबाबपछि गोदावरीबाट पनि राति ९:३० अन्तै लगिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए।उनीहरुलाई गोदावरी भिलेज रिसोर्टमा क्वारेन्टाइन बनाएर राख्ने अनुमति दिएको महर्जनले बताए। उनका अनुसार उत्त भिलेज रिसोर्टमा करिब ५० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ।स्थानीयले उक्त ठाउँमा बस्न नदिने भन्दै तोडफोडमा उत्रिन खोजेको महर्जनले बताए।

    उनीहरुको स्वास्थ्य जाँच गरिएको र कुनै समस्या नरहेको प्रहरीले जानकारी दिएको छ । ७० दिन पहिले नै  नेपाल आएका इन्डोनेसियन नागरिकलाई संकट बेला कतै बस्न नदिदा इन्डोनेसियासँगको सम्बन्ध बिग्रन सक्ने प्रहरीको गुनासो छ। स्थानीयहरुले उनीहरुलाई बस्न नदिएर धार्मिक सहिष्णुता बिगार्ने माहोल बनाएको प्रहरीको भनाइ छ।

    थाहै नदिइ प्रहरीले उनीहरुलाई ल्याएकाले अन्त पठाउनु परेको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताए। जिल्ला प्रशासन लगायत सबैसँग छलफल गरी उनीहरुलाई पठाएको श्रेष्ठले दाबी गरे।

    अहिले उनीहरुलाई गोदावरीबाट पनि अन्तै पठाइए पनि यसबारे प्रहरीले जानकारी भने गराएको छैन।

    विश्व स्वास्थ्य संगठनले अहिले आफ्नो मुलुकमा रहेका सबै राष्ट्रका नागरिकलाई आफ्ना नागरिकसरह व्यवहार गर्न भनेको छ।गैर कानुनीरुपमा बसेका विदेशीलाई पनि कोरोना महामारीभरि कुनै कानुनी कारवाही नगर्न, देश निकाला नगर्न आग्रह गरिएको छ। यस्तो बेलामा कोरोना महामारी भन्दा पहिल्यै नेपाल आएका विदेशीलाई सबैतिरबाट लखेटिनु मानवीयताहीन कार्य भएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑