पार्किङ्ग ट्राफिक ब्यवस्थापन सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
वीरगंज संजाल
६ आश्विन २०७६, सोमबार २२:४८
९१४९
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र को आयोजना मा पार्किङ्ग ट्राफिक ब्यवस्थापन सम्बन्धित जनचेतना मुलक कार्यक्रम संस्था का अध्यक्ष प्रकाश खेतानको सभापतित्व मा सम्पन्न भएको थियोे ।
सो कार्यक्रम का प्रमुख अतिथि जिल्ला ट्राफिक कार्यालय पर्सा का प्रहरी निरीक्षक राजकुमार सिंह को प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा चाड पर्व लाई मध्य नजर गरि यात्रु तथा सवारी को चाप नियन्त्रण को लागि सडक ब्यवस्थापन सहज को निम्ति बितिय संघ संस्था बैंकहरु संग केही दिन अगाडी बिरगंज महानगरपालिका कार्यालय को सम्झौता आनुसार बितिय संघ संस्था बैंक ले आफ्नो ग्राहक को निमित्त आफै पार्किङ्ग
ब्यवस्थापन गर्नु पर्ने पार्किङ्ग ब्यवस्था भए को बैंक ले ग्राहक लाई आफ्नो पार्किङ्ग मा सवारी पार्क गर्न गराउन हुन अनुरोध गर्न समेत ब्यवस्थापन पक्ष लाई अनुरोध गरिएको जानकारी जिल्ला ट्राफिक पर्सा का प्रहरी निरीक्षक राजकुमार सिंह ले दिनु भएको छ सो कार्य लाई निरन्तर जारी राखिने भनाइ ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र का अध्यक्ष प्रकाश खेतान को भनाइ रहेको थियोे ।सो कार्यक्रम
मा वडा प्रहरी कार्यालय बिर्ता का प्रहरी निरीक्षक निर्मल पनेरु अदर्शनगर यस.टी.यफ का नायब प्रहरी निरीक्षक अरुण राय ब्यवस्थित बिरगंज हाम्रो अभियान का दिलिप कार्की छपकैया सामुदायिक सेवा केन्द सामुदायिक प्रहरी सेवा केन्द्र का अध्यक्ष ग्यासुदिन मिया स्थानीय भद्रभलाद्मी नगर प्रहरी, ब्यवस्थित बिरगंज अभियान अंतर्गत भएका ,लगायत सन्चारकर्मी को सहभागीता रहेको थियोे ।